काठमाडौं । सेयर बजारको कारोबारमा पछिल्लो समय पहिरो गइरहेको छ । अघिल्लो हप्ताको तुलनामा यो साता नेप्से परिसुचकको साथै कारोबार रकममा पनि गिरावट आएको छ । हप्ताको तीन दिन मात्र कारोबार भएको नेप्सेमा दुई दिन बजार घटेको छ, भने साताको अन्तिम दिन बढेर बन्द भएको छ ।
कारोबारको पहिलो दिन २४७१.८१ अंकमा खुलेको बजार ५६.५७ अंकले घटेर साताको अन्तिम दिन २४१५.२४ अंकमा बन्द भयो । यो साता नेप्सले २५१०.१३ अंकको उच्च बिन्दु बनाउन सफल भएको थियो भने २३६६.९४ अंकमा न्युन विन्दु बनाएको थियो । यस उतरचढाबसंगै अघिल्लो साताको दाजोमा कारोबार रकममा ४अर्ब ५० करोड २५ लाख रुपैंयाले गिरावट आएको छ ।
यस साता नेप्सेको बजार पुँजीकरण ७२ अर्ब ६५ करोड ३४ लाख ९० हजार रुपैंयाले घटेर ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख २० हजार रुपैंया कायम भएको छ । अघिल्लो हप्ताको तुलनामा यो हप्ता सेन्सेटिभ ईन्डेक्स ७.६६ अंकले ओरालो लागेर ४५६.०९ बिन्दुमा बन्द भएको छ ।
यो साता सबै उपसमुहहरु घटेका छन् । जसमा सबैभन्दा धेरै इन्भेष्टमेन्ट उपसमुह ४.६० प्रतिशतले घटेको छ भने सबैभन्दा कम माईक्रोफाईनान्स उपसमुह घटेको छ । ईन्भेष्टमेन्ट उपसमुह यो साता ३.८४ अंकले ओरालो लागेको छ । साथै सबैभन्दा कम माईक्रोफाईनान्सको ३.३७ अंकले गिरावट आएको छ ।
Comment