काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबार र शनिबार काठमाडौंमा नेशनल युथ फोरमको आयोजना गरियो । देशका सातै प्रदेशका करिब २ सय ५० प्रतिनिधिहरु सहभागी फोरमा विभिन्न विषयमा गम्भीर छलफल भएको छ ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा एभरेष्ट होटलमा भएको फोरममा सहकारीका सञ्चालक र युवा उद्यमीहरुले सहकारीमार्फत रोजगारी र समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।
Comment