एनआईसी एसिया बैंकका सिइओ न्यौपानेलाई उत्कृष्ट ब्यवस्थापक अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एसिया बैंकका सिइओ न्यौपानेलाई उत्कृष्ट ब्यवस्थापक अवार्ड



काठमाडाैं । नेपाल व्यवस्थापन संघले एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई बर्षेकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ। वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको संघले जानकारी दिएको छ।

त्यस्तै संघले आईएमई जेनेरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठलाई आउट स्ट्याण्डिङ म्यानेजर र किम्बु टेक्नोलोजीकी सीईओ कोर्भिका थापालाई उत्कृष्ठ महिला ब्यवस्थापक अवार्ड बाट सम्मानित गरेको छ। म्यानले बार्षिक साधारणसभाको अवशर पारेर सम्मानित गरेको हो।

प्रकाशित : 9 April, 2022 10:03 pm