सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न काठमाडौंमा नेशनल युथ फोरम शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

सहकारी

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न काठमाडौंमा नेशनल युथ फोरम शुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा नेशनल युथ फोरम शुरु भएको छ । फोरममा देशका सातै प्रदेशका प्रतिनिधिहरु सहभागी छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा एभरेष्ट होटलमा शुक्रबार र शनिबार उक्त फोरम चल्ने आयोजकले जनाएको छ ।

फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए ।

फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुने ढकालले जानकारी दिए । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको छ ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार ०९:४४ 8 April, 2022 9:44 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।