काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा नेशनल युथ फोरम शुरु भएको छ । फोरममा देशका सातै प्रदेशका प्रतिनिधिहरु सहभागी छन् ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा एभरेष्ट होटलमा शुक्रबार र शनिबार उक्त फोरम चल्ने आयोजकले जनाएको छ ।
फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए ।
फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती समेत हुने ढकालले जानकारी दिए । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सहयोग गर्नु गोष्ठिको प्रमुख उद्देश्य रहेको छ ।
Comment