शुक्रपथ बहुउद्देश्यीय सहकारीद्वारा बृहत् सरसफाई कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शुक्रपथ बहुउद्देश्यीय सहकारीद्वारा बृहत् सरसफाई कार्यक्रम



काठमाडाैं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले पाटन दरबार स्क्वायर परिसर सरसफाई कार्यक्रम गरेको छ । संस्थाले १२औं वार्षिकोत्सवको अवसरमा आज बिहान बृहत् सरसफाई कार्यक्रमको आयोजना गरेको हो । वार्षिकोत्सव कार्यक्रम संस्थाका संचालक,प्रवक्ता तथा सूचना अधिकारी अर्जुन विश्वकर्माको संयोजकत्वमा भएको हो ।

संस्थाले दरबार स्क्वायर क्षेत्र वरपर रहेका फोहोमैला संकलन गरी व्यवस्थापन समेत गरेको अध्यक्ष नरेन्द्र बिष्टले जानकारी दिए । सरसफाई कार्यक्रममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति, कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी संस्थाले भोलि बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान कार्यक्रम संस्थाको मुख्य कार्यालय प्युखा,तीनकुने,कालीमाटी सेवा कार्यालय अगाडी र सामाखुसी सेवा केन्द्रमा गरी चार ठाउँमा हुने भएको छ ।रक्तदान कार्यक्रम संस्थाको मुख्य कार्यालय प्युखा,तीनकुने,कालीमाटी सेवा कार्यालय अगाडी र सामाखुसी सेवा केन्द्रमा गरी चार ठाउँमा हुने भएको छ ।

अध्यक्ष बिष्टले रक्तदान कार्यक्रममा सहभागिता जनाउन संस्थाका सदस्य तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुलाई आव्हान गरेका छन् । संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्ने गरेको बिष्टले बताए ।

प्रकाशित : 7 April, 2022 10:34 pm