बिन्धवासिनी साकोसद्वारा बिशेष उपचार कोष सञ्चालन, यस्ता सदस्यले पाउने छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिन्धवासिनी साकोसद्वारा बिशेष उपचार कोष सञ्चालन, यस्ता सदस्यले पाउने छन् सुविधा



काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिले प्राणघातक रोग लागि उपचार गर्नु पर्ने अवस्थामा पुगेका सदस्यलाई बिशेष सहयाेग उपलब्ध गराउने भएको छ ।

संस्थाले मुटु, क्यान्सर , ब्रेन्ट्युमर, मृगाैला जस्ता प्राणघात रोग लागि सदस्यको उपचार गर्नु पर्ने अवस्थामा बिशेष उपचार कोष संचालन कार्यविधि अनुसार रु २० हजार सम्म सहयोग स्वरुप उपलब्ध गराउने ब्यवस्था रहेको हो ।

सेवा लिनका लागि सदस्यले निवेदन, अस्पतालमा उपचार सम्बनधी कागजात, शेयर प्रमाण पत्रको प्रतिलिपि , नागरिकताको प्रतिलिपि र समुहको सिफारिस पेश गर्नु पर्ने संस्थाले जानकारी दिएको छ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलवार १९:०३