कुमारी बैंकको २१ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको २१ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम



काठमाडाै‌ । कुमारी बैंक लिमिटेडले २० औं वर्ष सफलतापुर्वक सम्पन्न गरी २१ औंै वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम अन्य स्वयम सेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरेका छन् । देशमा स्वास्थ उपचारर्को लागि आवश्यक रगत आपुर्तिमा उक्त कार्यकमबाट सन्कलित रगतबाट केही सहज हुनेमा आयोजक विश्वस्त रहेको छ ।

कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग १९७ शाखा संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग मार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वासनिय र सबल बैंकको रुपमा स्थापित हुने प्रतिवदता जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार १९:०९