जिल्ला संघ ललितपुरको अध्यक्षमा केदार गोर्खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जिल्ला संघ ललितपुरको अध्यक्षमा केदार गोर्खाली



ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको ३० औं साधारण सभाबाट केदार गोर्खाली अध्यक्षमा विजयी भएका छन् । उनले २३९ मत पाएका छन् भने अध्यक्षका प्रत्यासी राजेन्द्र पौड्यालले १६५ मत प्राप्त गरेका छन् । अध्यक्ष गोर्खाली सहित सञ्चालक समिति र लेखा सञ्चालक समितिमा चार राजनितिक दल समर्थक सहकारीकर्मीहरु विजयी भएका हुन्।

त्यस्तै संयुक्त प्यानलबाट उपाध्यक्षमा रामशरण बस्नेतले २५२ मत , महिला उपाध्यक्ष शशि खड्काले २९७ मत र सचिवमा अनिल वीर बज्राचार्यले २७२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा रुपेश तिमल्सिना १९८ मत प्राप्त गरेका छन् ।

प्यानलबाट महिला सदस्यमा सुस्मा भुजेल, शान्त लक्ष्मी खड्की, सर्मिला सिं , ईन्द्र कुमारी थापा र सर्मिला तिमल्सिना विजयी भएका छन् । त्यस्तै खुला सदस्यमा नवराज विष्ट, शम्भुप्रसाद पौडेल, रामभक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन विजयी भएका छन् । त्यस्तैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र अवाले र सदस्यहरुमा बद्रीप्रसाद सञ्जेल र महेन्द्रकुमार महर्जन विजयी भएका छन् । विषयगत संघ सञ्चालकमा पुरुषोतम बजगाई निर्विरोध चयन भएका छन् ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार ०७:४५