काठमाडाै । ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।
कम्पनीले चैत्र ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको थियो ।
बाँकि रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये ५ हजार १३३ आवेदकको आवेदन रद्द भएको छ । बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटलका अनुसार २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै मान्य भएको छ ।
यी मध्ये २ लाख ८७ हजारले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।
कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।
Comment