काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।कम्पनीले बैशाख ११ गते आफ्नो वीरगन्ज स्थित दियालो लर्डस प्लाजामा गर्ने भएको हो ।
सभामा गत बर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांस पारित गर्ने छ । कम्पनीले साधारण सभा र लाभांस प्रयोजनका लागि चैत्र २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
Comment