मेगा बैंकले खोल्यो काठमाडाैमा थप तीनवटा नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकले खोल्यो काठमाडाैमा थप तीनवटा नयाँ शाखा



काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ ।

अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार १५:५९