साना किसान विकास लघुवित्तको बोनश शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साना किसान विकास लघुवित्तको बोनश शेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार लघुवित्तको ३१ लख २८ हजार ८२७.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलवार १७:५७