चैत १६ गतेदेखि प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चैत १६ गतेदेखि प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन हुने



काठमाडौँ । प्राइम कमर्शियल बैंकले चैत १६ गतेदेखि ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन खुला गर्ने भएको छ ।

वार्षिक १० प्रतिशत ब्याज पाइने उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता एक हजार रुपियाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपियाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कूल निष्काशन मध्ये १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङले जनाएको छ ।

सो ऋणपत्रका लागि छिटोमा चैत २१ गते र ढिलोमा ३० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलवार १६:१५