सदस्यको ब्लुबुक नवीकरणकालागि बुडोल सामुदायिक सहकारीले सहजीकरण गरिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सदस्यको ब्लुबुक नवीकरणकालागि बुडोल सामुदायिक सहकारीले सहजीकरण गरिदिने



काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सवारी साधनको ब्लुबुक नवीकरणकालागि सहजीकरण गरिदिने भएको छ । संस्थाले सदस्यको ब्लुबुक नवीकरणकोलागि स्मार्ट सर्भिस ईन प्रालिसंग सम्झौता समेत गरेको हो ।

संस्थामा आवद्ध सदस्यहरुले अब दुई पांग्रे तथा चार पांग्रे हलुका सवारी साधनको ब्लुबूक नवीकरण गराउन सक्ने जनाइएको छ । सम्झौतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेकराज ठकुरी र स्मार्ट सर्भिस ईन प्रालिका प्रमुख संचालन अधिकृत जनक रावलले हस्ताक्षर गरे ।

संस्थाले दुइ पाङ्ग्रे सवारी साधनको ब्लुबूक नवीकरण गराउनको लागि ३५० रुपैंयाँ र चार पाङ्ग्रे हलुका सवारी साधनको ब्लुबूक नवीकरणको लागि ४५० रुपैंयाँ सेवा शुल्क तय गरिएको जनाइएको छ ।

प्रकाशित : ६ चैत्र २०७८, आईतवार १८:५०