नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचिकृत, कस्को कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचिकृत, कस्को कति ?



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज एभरेष्ट बैंक, एनएमबी बैंक, र गणपति लघुवित्तको गरि कुल २ करोड ५९ लाख ८५ हजार ६ सय ५९ दशमलव २०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज एभरेष्ट बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता बोनस शेयर, एनएमबि बैंकको १२.५० प्रतिशतले हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता बोनस शेयर र गणपति लघुवित्तको १९ प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : 20 March, 2022 3:22 pm