नेप्सेमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.६७ अंकले घटेर दुई हजार ६ सय १६ दशमलब ५८ विन्दुमा रोकिएको हो । आज (आइतबार) २ अर्ब २७ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लगानी समूहबाेहक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

आइतबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड २९ लाख ४९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय २५ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

यस दिन राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.८८ प्रतिशतले घटेर १५ हजार ९ सय ७२ रूपैयाँ १० पैसा पुगेकाे छ ।

प्रकाशित : ६ चैत्र २०७८, आईतवार १५:१८