आयल निगमको साधारणसभा चैत २५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयल निगमको साधारणसभा चैत २५ गते



काठमाडौं । नेपाल आयल निगम लिमिटेडको ४०औं वार्षिक साधारण सभा चैत २५ गते हुने भएको छ । सभा निगमको सभाकक्ष टेकूमा दिउँसो १ बजे शुरु हुने जानकारी गराएको छ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार ११:०४