डेभलपमेण्ट बैंकर्स संघको साधारण सभा सम्पन्न, छाप र लोगो परिवर्तन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डेभलपमेण्ट बैंकर्स संघको साधारण सभा सम्पन्न, छाप र लोगो परिवर्तन हुने



काठमाडाैं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष प्रद्युमन पोखरेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले एशोसियसनको वार्षिक प्रतिवेदन, आ.व. ०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन, आ.व. ०७८÷७९ को अनुमानित आय व्यय विवरण र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताब स्वीकृत गरेको छ ।

त्यस्तैगरी, एशोसियसनको छापलाई स्तरिकृत गर्नका लागि नयां छाप तयार गरी परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि उक्त साधारण सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार १७:५९