फेरि बढ्ने भयो पेट्रोलियम पदार्थको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फेरि बढ्ने भयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडाैं । इण्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । बुधबार आइओसीले पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसाका दरले बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य बढेर आएसँगै पेट्रोल खरिद लागत १८२ रुपैयाँ ८१ पैसा पर्ने भएको छ ।

त्यसैगरी डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ। डिजलेको खरिद लागत १६९ रुपैयाँ४४ पैसा पर्ने निगमले जानकारी दिएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार १५:५०