सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द



काठमाडाैं । यातायात व्यवस्था विभागले सवारी अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन बन्द गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै अनलाइन आवेदन अनिश्चित कालको लागि बन्द गरेको हो ।

सार्वजनिक सूचना निकाल्दै विभागले अहिलेसम्म परेका अनलाइन आवेदनको कारबाही जतिसक्दो चाँडै टुंग्याउनुपर्ने भएकाले भोलि (चैत १) बाट आवेदन बन्द गरिएको जनाएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार १७:३५