साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा



काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ /७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १० प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरि कुल १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार १७:०९