शेयर बजारमा उच्च अंकको वृद्धि, ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा उच्च अंकको वृद्धि, ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार हरियाली छाएको छ । नेप्से १०१.०७ अंकले बढेर दुई हजार ६ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको हो ।

यो संगै कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्सेमा आज ४ अर्ब ८७ करोड ७ लाख बराबरको कारोबार भएको छ ।

कारोबारमा २१० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यो दिनको कारोबारमा तीन कम्पनीहरु एसियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्यमा पनि सकारत्मक सर्किट लागेको छ ।

उपसमूहतर्फ सबै समूहमा हरियाली छाएको छ । जसमध्ये लाइफ इन्स्योरेन्स ६.९५ प्रतिशत, फाइनान्सतर्फ ५.०१ प्रतिशतले बढेको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार १५:११