माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालको साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालको साधारणसभा सम्पन्न



काठमाडौं । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसनअफ नेपाल(एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्व उपप्रधानतथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए ।

सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैकले एसोसिएसनसगँ सहकार्य गर्नुपर्ने बताएका छन् । लघुवित्तको माध्यमवाट कसरी देशलाई समुन्नतबनाउने, कसरी रोजगारी सृजनागर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को व्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ । यस बिषयमा सरकारले एसोसिएसन सगँ सहकार्य गरि अगाडी बढ्नुपर्ने बताएका हुन् ।

बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल,नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लगायतले शुभकामनामन्तव्यव्यत्त गरेका थिए । सभामा लघुवित्त बिषयमा बिद्यावारिधीगरि बिज्ञता हासिल गरेका पाँचजनालाई बिषेश सम्मान गरिएको थियो ।

नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, पुर्व सचिव डा.मानबहादुर बिश्वकर्मा,त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा.पुष्पराज शर्मा,त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा.भरत ंिसंह थापा र अर्थविद नरहरी ढकाललाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

एसोसिएसनको उपाध्यक्ष भगवती चौधरीले सभामा उपस्थित सवैजनालाई स्वागत मन्तव्य व्यत्त गर्दै लघुवित्तले तिर्दै आएको ३० प्रतिशत कर मध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतवाट लघुवित्त कोष स्थापनागरि उत्त कोषबाट नै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त संचालनमा सहजहुने बताएकी छिन् ।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार १४:५६