चिलिमे हाइड्रोपावरको बोनश शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चिलिमे हाइड्रोपावरको बोनश शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चिलिमे हाइड्रोपावर कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार ०९:२३