कतिमा भयो इमर्जिङ नेपालको पहिलो शेयर कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कतिमा भयो इमर्जिङ नेपालको पहिलो शेयर कारोबार ?



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । आज आईतबारेको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।

कम्पनीको पहिलो कारोबार २८७.१० रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५ .११ रुपैयाँदेखि ३१५.३३ रुपैयाँको रेन्ज तोकेको थियो । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा २८७.१० रुपैयाँमा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको ENL सिम्बलबाट कारोबार सुरु भएको हो।

शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीले एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै इमर्जिंङ नेपालको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईसी एसिया क्यापिटलले गर्ने छ।

प्रकाशित : २२ फाल्गुन २०७८, आईतवार ११:४३