सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । शिभरात्रीको अवसरमा भक्तजनहरुको सहयोगर्थ सूर्या लाइफ इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिवीर सञ्चालन गरेको थियो । उक्त शिवीरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त परिक्षण, स्वास्थ परिक्षण गर्नुको साथै औषधी वितरण गरेको थियो ।

हेल्थ सर्भिस नेपालका ३० जना स्वस्थ सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिवीरमा पानी र जुस वितरण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीको सहकार्यामा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत यस शिवीरबाट भक्तजनहरुलाई सेवा पु¥याउन सकेकोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कले खु्सी व्यक्त गरे ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार १०:२२ 4 March, 2022 10:22 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।