नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा शाक्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा शाक्य



काठमाडौँ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधीमूलक संस्थाको रुपमा रहेको नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनीत भएका छन् । चेम्वरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फवाट सदस्यमा मनोनीत गरेको हो ।

चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको विधान अनुरुप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताएका छन् । चेम्वरले कार्यसमितिमा मनोनीति गरेकोमा अध्यक्ष शाक्यले खुशी ब्यक्त गरेका छन् ।

उनले आफ्नो तर्फवाट चेम्वरको उद्धेश्य पूर्तिकालागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । चेम्वर मुलुकको सवैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधमिूलक संस्था हो ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहीबार १६:५३