सिद्धार्थ इन्स्योरेन्सले गर्यो २ करोड ६० लाखको आगलागीको दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

सिद्धार्थ इन्स्योरेन्सले गर्यो २ करोड ६० लाखको आगलागीको दाबी भुक्तानी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ करोड ६० लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सोलखुम्वु जिल्ला, स्थित खुम्वु पासाङ्ग ल्हामु गाउँ पालिकामा रहेको पिस फुल लजमा मिति २०७८ असोज २ गते आगलागीबाट भएको क्षती वापतको बीमा रकम हस्तान्तरण गरेको हो ।

बीमा दाबी वापत २ करोड ६० लाखको चेक प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले पिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुन् । २०७२ सालको भुकम्पवाट भएको क्षती वापत समेत सल्लेरी र नाम्चे क्षेत्रका वीमितहरुलाई उल्लेख्य रकम दावी वापत भुक्तानी भएको थियो ।


चालु आर्थिक वर्ष २०७८–७९ को हाल सम्म कम्पनीले ६०९७ वटा दावी फर्छयौट भई ७३ करोड ६६ लाख ९७ हजार रुपैयाँ तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरुलाई ८ करोड ५० लाख रुपैयाँ भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ भने फर्छयौट गर्न वाँकी दावीको संख्या ३८४१ ९कोरोना दावी वाहेक० रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकमं १ अर्ब ४१ करोड ४३ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

छिटो छरितो दावी फर्छयौट गर्ने कम्पनीको लक्ष्य अनुरुप वाँकी रहेका दावी यथासिघ्र फर्छयौट गरी दावी रकम भुक्तानी गर्न कम्पनी क्रियासिल रहेको हुँदा बीमा दावी गर्नु हुने सम्पूर्ण वीमितहरुले दाबीसँग सम्वन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई दावी फर्छयौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार १२:१९ 3 March, 2022 12:19 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।