एमसीसी नेपालकाे पक्षमा छ, स्वीकार्नुपर्छः महन्थ ठाकुर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

एमसीसी नेपालकाे पक्षमा छ, स्वीकार्नुपर्छः महन्थ ठाकुर



काठमाडाैं । लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी नेपालकाे पक्षमा रहेकाे बताएका छन् । आइतबार बसेकाे संसद् बैठकमा बोल्दै अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् ।


संसदमा बोल्दै ठाकुरले भने, ‘एमसीसी नेपालकाे पक्षमा छ । यसलाई हामीले स्वीकार्नुपर्छ । अमेरिकाले नेपाललाई पहिल्यैदेखि साथ दिँदै आएकाे छ । याे पनि राम्राे छ । यसलाई हामीले स्वीकार्नुपर्छ । याे देशकाे पक्षमा छ ।’

प्रकाशित : १५ फाल्गुन २०७८, आईतवार १६:०८