चार कम्पनीको बोनस शेयर सुचिकृत,कस्को कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चार कम्पनीको बोनस शेयर सुचिकृत,कस्को कति ?



काठमाडौं । आइतवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । गुँरास लाइफ इन्स्योरेन्स, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक र सनराइज बैंकको बोनस शेयर सुचिकृत भएको हो ।

गुँरास लाइफ इन्स्योरेन्सको १० लाख ८६ हजार ६५४ कित्ता बोनस शेयर, नेपाल बङ्गलादेश बैंकको १ करोड ८ लाख ५ हजार ७८५ दशमलव ४३ कित्ता,लक्ष्मी बैंकको ८५ लाख ५६ हजार ५५१ दशमलव ९ कित्ता र सन्राइज बैंकको ६३ लाख ९ हजार ४३ दशमलव ०९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।

प्रकाशित : ८ फाल्गुन २०७८, आईतवार १८:३२