इलाम । नेपाली कांग्रेस इलाम सभापति डम्बर खड्काले कम्युनिस्ट पार्टीहरुले झुठको खेती गरेर बृद्ध अवस्थामा रहेका अग्रजहरूलाई भत्ताको भ्रममा पारी कु–राजनीति गरेको तर्क गरेका छन् ।
कम्युनिष्ट पार्टीहरुले दिगो विकासको मुद्दामा भन्दा पनि ‘ललीपप’ किसिमका कार्यक्रम ल्याएर जनतालाई रणभुल्लमा पार्ने गरेको बताउँदै सभापति खड्काले बृद्धबृद्धा र दुःख–पीडामा परेको नागरिकहरुलाई आफुले सकेसम्मको सहायता गर्ने बचन दिए । उनले कम्युनिष्टहरुले ल्याउने लोकप्रिय कार्यक्रममा भन्दा पनि दिगो, जीवनउपयोगी साथै समाजवाद उन्मुख कांग्रेसको योजनामा विश्वास गर्न उनले आग्रह गरे ।
प्रजातन्त्र दिवसका अवसरमा ‘अग्रजलाई सम्मान युवालाई प्रोत्साहन’नारासहित इलामको माईजोगमाई–२ ले जेष्ठ नागरिक पार्टीका पुर्वसभापतिहरूका लागि आयोजना गरेको सम्मान कार्यक्रममा सभापति खड्काले उक्त धारणा राखेका हुन् ।
कार्यक्रममा ७० बर्ष उमेर समुह माथिका अग्रजहरूलाई दोसल्ला र सम्मान पत्र बितरण गरेर सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष तथा कांग्रेस जिल्ला सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा प्रदेश कार्यसमिति सदस्यहरू साथै गाउपालिका नेतृत्वहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि दुर्गा बहादुर सुबेदीले प्रजातन्त्र प्राप्त भएको दिन वडा कार्य समितिले गरेको बृहत सम्मान कार्यक्रम एउटा उदाहरणीय भएको बताए । यस्ता रचनात्मक कार्यले बृद्धहरूले आशिर्वाद दिने र युवाहरूमा जोश जागर समेत बढने बताए । कार्यक्रम वडा समिति सचिव याद बहादुर थामीले सन्चालन गरेका थिए भने कार्यक्रमको ब्यबस्थापन तरूण दलले गरेको थियो ।






Comment