सेबोन अध्यक्ष हमालले लिए सपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेबोन अध्यक्ष हमालले लिए सपथ



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री जर्नादन शर्माले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सपथ ग्रहण गर्दै नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको विकास तथा सुधारका लागि आफनो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताएका छन् । धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो ।

हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार १८:२३