इमर्जिङ नेपालको आइपीओ बाँडफाँट,तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट,तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्



काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज दिउँसो कार्निभल रेष्ट्रो काठमाडौँमा एक समारोहकाबीच आईपीओ बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ गोलाप्रथाबाट ५१ हजार ६ सय ६२ जनाले १० कित्ताका दरले र ८ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणलाइ छुट्याइएको हो ।

आइपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आइपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/)नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nicasiacapital.com/),इमर्जिङ नेपाल लिमिटेडकाे वेभसाइट (https://emergingnep.com/) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार १६:४७