नेष्डो समृद्ध लघुवित्तको आइपि‌ओ फागुन ११ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेष्डो समृद्ध लघुवित्तको आइपि‌ओ फागुन ११ गतेदेखि



काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुका लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर पछिल्लो आवेदन हेर्दा गोलाप्रथाबाट निकै कम संख्याका आवेदकले मात्र सेयर पाउने भएकाले १० कित्ताको आवेदन नै उपयुक्त हुन्छ ।

आईपीओमा लगानीकर्ताले फागुन १५ गतेदेखि आवेदन दिन सक्नेछन् । सो समयमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : 16 February, 2022 10:25 am