इमर्जिङ नेपालको आइपिओ आज बाँडफाँट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इमर्जिङ नेपालको आइपिओ आज बाँडफाँट हुने



काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ बुधबार (आज) बाँडफाँट हुने भएको छ । बुधबार दिउँसो साढे ३ बजे आइपिओबाँडफाँट गर्ने कार्यक्रम रहेको उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धक कम्पनीका अनुसार मंगलबार आइपिओको प्रिअलटमेन्ट सकिएको छ । कम्पनीले माघ २६ देखि आइपिओ निष्काशन गरेको थियो ।

कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आइपिओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन दिएका छन् । यो निष्काशन गरिएको सेयर कित्ताको तुलनामा ५३.८७ गुणा बढी आवेदन हो ।

यसअनुसार गोलाप्रथाबाट योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले मात्रै न्युनतम १० कित्ताको दरले शेयर पाउनेछन् भने २३ लाख ६४ हजार भन्दा बढीले सेयर नपाउने देखिएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार ०७:३१