मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु लागि सहयोग गरेको छ ।

बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति सँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रम बीच जडानको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग , मार्केटिंङ प्रमुख बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्दक परवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलवार १६:१७