बुधबारदेखि राष्ट्र उत्थान लघुवित्तको आइपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

बुधबारदेखि राष्ट्र उत्थान लघुवित्तको आइपिओ



काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारदेखि ८ करोड ५० लाख रुपियाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन खुला गर्ने भएको छ ।

कूल निष्काशन ८ लाख ५० हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको ७ लाख ९४ हजार ५०० कित्ता शेयर ७९ हजार ४ सय ५० जनाले गोलाप्रथाबाट १०–१० कित्ता शेयर पाउने बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रकाशित : 15 February, 2022 6:57 am