जाल्पा लघुवित्तको आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जाल्पा लघुवित्तको आईपीओ बाँडफाँड



काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आइतबार बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आईपीओमा कुल २७ लाख ९ हजार ८५५ वटा आवेदकबाट ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको माग परेको थियो । उक्त आवेदकमध्ये २५ लाख ८७ हजार ४१२ योग्य आवेदकलाई बाँडफाँडमा सहभागि गराइएको थियो । उनीहरुबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता सेयरको आवेदन सदर भएको थियो ।

प्रकाशित : १ फाल्गुन २०७८, आईतवार १८:२९