आज देखि सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आज देखि सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज



काठमाडौँ । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइने भएको हाे ।

बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरक-फरक खोप पनि दिएको थियो ।

कोभिड-१९ सङ्क्रमण भएका व्यक्तिहरूले भने सङ्क्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : १ फाल्गुन २०७८, आईतवार ०८:०६