महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न



काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा आज एक कार्यक्रम गर्दै सम्पन्न गरेको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएको थियो ।

अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम आ.व.२०७६/०७७ को नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पेस गरेको हो । स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परिक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको ७ लाख ५० हजार रुपयाँको खर्च समेत सभाले अनुमोदन गरेको छ ।

सभामा महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको समेत शर्माले जानकारी दिएका छन् ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १७:२१