सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडाैं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार जसो घटिरहेको बजार बिहीबार ११ दशमलव ९६ अंकले घटेर २ हजार ८ सय १ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७० अंकले घटेको छ ।

कारोबार रकममा भने बुधबारको तुलनमा बिहीबार झिनो सुधार देखियो । बुधबार ३ अर्ब ४९ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित : २७ माघ २०७८, बिहीबार १५:३६