नबिल इन्भेष्टमेण्टले वार्षिकोत्सवमा नयाँ लगानीकर्तालाई निशुल्क लगानी व्यवस्थापन सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल इन्भेष्टमेण्टले वार्षिकोत्सवमा नयाँ लगानीकर्तालाई निशुल्क लगानी व्यवस्थापन सेवा दिने



काठमाडाैं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले आफ्नो बाह्रो बार्षिक उत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी बाह्र महिनृ लगानी व्यवस्थापन सेवाको शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

संचालनको बाह्र वर्ष पुरा गरी तेह्रो वर्षमा प्रवेश गर्दै गर्दा नबिल इन्भेष्टमेण्टल सेवामा लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट गरिने जनाएकोे छ । विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनिहरुको लगानीको उचित व्यवस्थापन गरिने जनाएको छ ।

लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गरी लगानीकर्ताहरुलाई उच्च दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको छ । जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसक्नु भएको लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसक्ने लगानीकर्ताहरुले यसबाट पहिलो बाह्र महिनाको लागि बिना कुनै व्यवस्थापन शुल्क सेवा सुरु गर्न सक्ने नबिल इन्भेष्टले जनाएको छ ।

यो लगानी व्यवस्थापन सेवामा दक्ष् पोर्टफोलियो एनालिष्ट तथा गहन विश्लेषण र अनुसन्धानका आधारमा आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ । लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सक्नेछन् भने यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सक्ने बताइएको छ । यो सेवा सर्वसाधारण लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २६ माघ २०७८, बुधबार ०९:५९