डाबर नेपाललाई ९ अर्ब ६८ करोड ६३ लाख लगानी थप्न अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

डाबर नेपाललाई ९ अर्ब ६८ करोड ६३ लाख लगानी थप्न अनुमती



काठमाडौँ । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले नेपालमा ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँ लगानी थप गर्ने भएको छ । कम्पनीले लगानी थप गर्न लगेको प्रस्तावलाई मंगलबार बसेको लगानी बोर्डको बैठकले स्वीकृत गरेको हो ।

डाबर नेपालमा डाबर इन्टरनेशनल लिमिटेडको ९७.५० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २.५ प्रतिशत सेयर स्वामित्व नेपाली साझेदार रुक्म समशेर राणाको रहेको छ ।

सन् १९८९ मा नेपालमा विस्तार भएको डाबर नेपालले १९९२ देखि विभिन्न वस्तुको उत्पादन सुरु गरेको थियो वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी नाफा कमाउँदै आएको डाबर नेपालले नेपालबाट सबैभन्दा बढी वस्तु निर्यात गर्ने ठूलो उद्योगको रुपमा आफ्नो पहिचान बनाएको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलवार १६:३५