रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा कति ?



काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १.४४ प्रतिशत बढेर १८ करोड ५ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क ४६.२३ प्रतिशत बढेर १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अजधिमा कम्पनीले १ अर्ब ३१ करोड ९७ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३०.५४ प्रतिशत बढेर ४० करोड २४ लाख १८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३० करोड ८२ लाख ५० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको अभिकर्ता कमिशन ६४.४५ प्रतिशत बढेर २८ करोड ९३ लाख ७९ हजार रुपैयाँ कमिशन बुझेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा अभिकर्ता कमिशन १७ करोड ५९ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष २५.६९ प्रतिशत बढेर १ अर्ब ६० लाख १ हजार रुपैयाँ, जीवन बीमा कोष ८९.२८ प्रतिशत बढेर ३ अर्ब ६१ करोड ३१ लाख ६१ हजार रुपैयाँ र महाविपत्ति कोष ३०.४४ प्रतिशत बढेर ९ करोड ७९ लाख १४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलवार ०९:५२