एनआईबिएलले ल्यायो ‘एनआईबिएल गज्जब ६ मुद्दती खाता’, २० बर्षमा निक्षेप ६ गुणा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईबिएलले ल्यायो ‘एनआईबिएल गज्जब ६ मुद्दती खाता’, २० बर्षमा निक्षेप ६ गुणा हुने



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “एनआइबिएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति हुने उदेश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार यस मुद्दती खातामा राखिएको निक्षेपको रकम २० बर्षमा ६ गुणा हुनेछ भने सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिनेछ।

यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्नेछन भने न्यूनतम रु. १०,०००÷– (अक्षेरुपी रु. दश हजार)मा मुद्दती खाता खोल्न सकिनेछ।

यो मुद्दती खातामा निक्षेप जम्मा गर्ने ग्राहकले निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछ। बैंकको सातै प्रदेशमा छरिएका ८८ शाखाहरु मार्फत यो सुविधा लिन पाउनेछन।

बैंकले देशभरका आफ्ना ८८ शाखा तथा ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : २३ माघ २०७८, आईतवार ११:०२