खल्तीले पुरा गर्यो पाँच बर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

खल्तीले पुरा गर्यो पाँच बर्ष



काठमाडौं । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘‘खल्ती’’ले आज आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ ।

यस ५ बर्ष लाई पाँ‘च बर्ष’ मान्ने कि ‘मात्र ५ बर्ष’ त ? कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो । ’खल्ती’ ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ । तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा ’खल्ती’, ‘मात्र ५ बर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।

युवाहरु माझ बढी प्रचलित ‘’खल्ती’’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको ’खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ । आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरि यसलाई फेरी पनि सावित गर्न सफल भएको छ ।

प्रकाशित : १२ माघ २०७८, बुधबार १७:१२