धौलागिरी लघुवित्तले ३ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धौलागिरी लघुवित्तले ३ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

साधारण शेयर निष्काशन सम्बन्धी सम्झौतामा लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच माघ १२ गते द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बागलुङ नगरपालिका २ मा रहेको संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

प्रकाशित : १२ माघ २०७८, बुधबार १३:३६