ज्योति लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

ज्योति लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले कोभिड १९ का कारण उपचारको क्रममा मृत्यु भएका सुन्दरहरैचा ९, मोरङ निवासी चिरञ्जीवी सुबेदीको श्रीमती लक्ष्मी खड्कालाइ २४ लाख २ हजार ९ सय ८८ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले माघ ४ गते बीमितको घरमै गएर बीमितको धर्मपत्नी लक्ष्मी खड्कालाइ दाबी भुक्तानी बापतको रकमको चेक हस्तान्तरण गरेको हो। मृतक सुबेदीले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा २२ लाख ५७ हजार बिमान्क रकमको ज्योती सुरक्षित बचत जीवन बीमा गरेका थिए ।

प्रदेश प्रमुख मदन कुमार गौतमले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानी प्रक्रिया सम्पुर्ण कागजातहरु पूरा भएको तीन दिन भित्रै सम्पन्न हुने हुदा ज्योती लाइफमा दाबी भुक्तानी प्राप्त गर्न कुनै ढिलाई नहुने बताए ।

बीमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यस मृत्यु दावीबाट प्रष्ट भएको साथै सम्पुर्ण दाबी भुक्तानीको लागि आवश्यक कागजातहरु पेश गरेको एक हप्ता नबित्दै दाबी भुक्तानी गरेकोमा मृतककी श्रीमती लक्ष्मी खड्का तथा अन्य आफन्तले सरल, सहजरुपमा एव छिटो बीमा रकम उपलब्ध गराएकोमा ज्योती लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : ५ माघ २०७८, बुधबार १३:३१ 19 January, 2022 1:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।