एशियन लाईफले २७ प्रतिशत लाभांश पारित गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एशियन लाईफले २७ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेनस संचालक समितिको बैठकले होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगञ्जमा बिहान साढे ११ बजे कम्पनीको १३ औं वार्षिक साधारण सभा डाकेको हो ।

साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजीम गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि २ प्रतिशत नगद गरि कुल २७ प्रतिशतले हुने ५४ करोड २९ लाख ५ हजार ३९६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।

साधारण सभामा इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिने तथा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पेश हुने छन् ।

साधारण सभा तथा लाभांश प्रयोजनार्थ इन्स्योरेन्सले माघ १२ गते बुक क्लोज गरेको थियो । तसर्थ माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित : 13 January, 2022 11:45 am